·

कामना सेवा विकास बैंकको उन्नाइसौं वार्षिक साधारणसभा असोज २४ गते

Author

NEPSE TRADING

कामना सेवा विकास बैंकको उन्नाइसौं वार्षिक साधारणसभा असोज २४ गते

कामना सेवा विकास बैंक लिमिटेडले आफ्नो उन्नाइसौं वार्षिक साधारणसभा (AGM) यही असोज २४ गते, २०८२ (सन् २०२५ अक्टोबर १०, शुक्रबार) आयोजना गर्ने भएको छ। बैंकको असोज ३१ गते बसेको सञ्चालक समितिको ३९९औं बैठकले साधारणसभा बोलाउने निर्णय गरेको हो।

सभा काठमाडौंको नक्सालस्थित लिसारा रिसेप्शन, भगवती बाहालमा बिहान ११ बजे सुरु हुने बैंकले जनाएको छ। साधारणसभामा सञ्चालक समितिको प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदनसहित आर्थिक वर्ष २०८१/८२ को वासलात, नाफा–नोक्सान हिसाब लगायतका वित्तीय विवरणमाथि छलफल र अनुमोदन हुनेछन्।

यससँगै बैंकले आर्थिक वर्ष २०८१/८२ को वित्तीय हाइलाइट्स पनि सार्वजनिक गरेको छ। साधारणसभासम्बन्धी थप जानकारीका लागि बैंकको ज्ञानेश्वरस्थित केन्द्रीय कार्यालयमा सम्पर्क राख्न सकिने वा बैंकको आधिकारिक वेबसाइट www.kamanasewabank.com मा अवलोकन गर्न सकिनेछ।

Related News