·
कामना सेवा संस्थापक शेयर बिक्री खुला
Author
Nepse trading

कामना सेवा विकास बैंकले कुल २ लाख ६० हजार कित्ता संस्थापक शेयर बिक्री खुला गरेको छ। बैंकका अनुसार हालका विद्यमान संस्थापक शेयरधनीले मात्र यी शेयर खरिद गर्न सक्नेछन् । इच्छुक संस्थापक शेयरधनीले ३५ दिनभित्र आफूले खरिद गर्न चाहेको शेयर विवरण उल्लेख गर्दै बैंकको केन्द्रीय कार्यालय, ज्ञानेश्वर, काठमाडौंमा आवेदन दिनुपर्नेछ। निर्धारित समयभित्र आवेदन नपरेमा बाँकी शेयर सर्वसाधारणलाई बिक्री गरिने बैंकले जनाएको छ ।



