·

खानी खोला हाइड्रोपावरको ४ लाख ५९ हजार कित्ता हकप्रद शेयरको बोलपत्र (टेन्डर) मंसिर २५ गते खोलिने

Author

NEPSE TRADING

खानी खोला हाइड्रोपावरको ४ लाख ५९ हजार कित्ता हकप्रद शेयरको बोलपत्र (टेन्डर) मंसिर २५ गते खोलिने

खानी खोला हाइड्रोपावर कम्पनी लिमिटेडले बिक्री नभएका हकप्रद शेयरहरू लिलामी (गोप्य शिल्ड टेन्डर) प्रक्रियामार्फत बिक्री गर्न लागेको छ। कम्पनीले सर्वसाधारण समूहतर्फका ४ लाख ५९ हजार ३४५ कित्ता हकप्रद शेयरका लागि आवेदन नपरेपछि उक्त शेयरहरू लिलामीमार्फत बिक्री गर्ने जनाएको हो।

यसअघि कम्पनीले १:१ अनुपातमा हकप्रद शेयर निष्काशन गरी साउन ३ गतेदेखि भदौ ५ गतेसम्म आवेदन आह्वान गरेको थियो। तर, सो अवधिभित्र केही शेयर बाँकी रहँदा, प्रचलित नियम अनुसार कम्पनीले कार्तिक १२ गतेदेखि कार्तिक १९ गतेसम्म लिलामी आवेदन आह्वान गरेको थियो।

कम्पनीले प्राप्त बोलपत्रहरू मंसिर २५ गते (मंगलबार) बिहान ५:०० बजे सिटिजन्स क्यापिटल लिमिटेड, डिल्लीबजार, काठमाडौंमा खोल्ने जनाएको छ।

लिलामी प्रक्रिया र शेयर बिक्रीको सम्पूर्ण व्यवस्थापन सिटिजन्स क्यापिटल लिमिटेडले गर्नेछ, जुन सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडको सहायक कम्पनी हो।

कम्पनीले सम्बन्धित सबै लगानीकर्ता, संस्था र इच्छुक पक्षलाई उक्त मिति, समय र स्थानमा जानकारीको लागि यो सूचना प्रकाशित गरेको छ।

Related News