·
कुमारी बैंकले यस वर्ष लाभांश नदिने निर्णय
Author
NEPSE TRADING

कुमारी बैंक लिमिटेड (KBL) ले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीलाई कुनै पनि प्रकारको लाभांश वितरण नगर्ने निर्णय गरेको छ। बैंकको कात्तिक २६ गते बसेको सञ्चालक समितिको बैठकले चालु आर्थिक अवस्थाको मूल्यांकन गर्दै लाभांश नदिने निर्णय पारित गरेको हो। बैंकले सोही अनुसारको वित्तीय विवरण नेपाल राष्ट्र बैंक (NRB) मा पठाउने निर्णय पनि गरेको छ। लाभांश नदिने निर्णयले लगानीकर्ताको प्रतिफलमा तत्कालीन असर पर्न सक्छ भने बैंकको पूँजी व्यवस्थापन तथा आगामी रणनीतिसँग यसको सम्बन्ध रहेको बैंकले उल्लेख गरेको छ।



