·
कुमारी बैंकले १० हजार ५०९ कित्ता संस्थापक सेयर बिक्रीमा ल्यायो
Author
NEPSE TRADING

कुमारी बैंक लिमिटेडले विभिन्न शेयरधनीहरूको नाममा रहेका कुल १० हजार ५०९ कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएको छ। बैंकले हाल कायम संस्थापक सेयरधनीलाई प्राथमिकता दिएको हुँदा यो सेयर उनीहरूले मात्र खरिद गर्न सक्नेछन्।
सेयर खरिद गर्न इच्छुक संस्थापक सेयरधनीहरूले ३५ दिनभित्र निवेदन दिइसक्नुपर्नेछ। निवेदन कुमारी क्यापिटल, नक्साल वा कुमारी बैंकको प्रधान कार्यालय, टंगालमा बुझाउनुपर्नेछ।
बैंकले तोकिएको समयभित्र पर्याप्त आवेदन नआएमा उक्त सेयर सर्वसाधारणका लागि खुला गरिने जानकारी दिएको छ।