·

बन्दीपुर केवलकारको आईपीओमा वैदेशिक नेपालीले आवेदन दिन सक्ने आज अन्तिम दिन

Author

NEPSE TRADING

बन्दीपुर केवलकारको आईपीओमा वैदेशिक नेपालीले आवेदन दिन सक्ने आज अन्तिम दिन

आज साउन ९ गते,  वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि बन्दीपुर केवलकार एण्ड टुरिजम लिमिटेड को आईपीओमा आवेदन दिन सकिने अन्तिम दिन हो। कम्पनीले साउन ६ गतेदेखि वैदेशिक रोजगारीमा रहेका नेपालीहरूलाई लक्षित गर्दै आईपीओ निष्काशन खुला गरेको थियो।

कम्पनीले २ अर्ब ८३ करोड रुपैयाँको जारी पूँजीको २०.७०६७ प्रतिशत अर्थात ५८ लाख ६० हजार कित्ता शेयर निष्काशन गर्ने अनुमति पाएकोमा, त्यसको १० प्रतिशत — ५ लाख २९ हजार ४०० कित्ता शेयर — वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि छुट्याइएको हो।

उक्त आईपीओमा न्यूनतम १० कित्ता र अधिकतम २० हजार कित्तासम्म आवेदन दिन सकिनेछ। केयर रेटिङ नेपालले कम्पनीलाई ‘CARE-NP BB (Issuer Rating)’ प्रदान गरेको छ, जसले कम्पनीको दायित्व बहन क्षमतामा औषत जोखिम रहेको संकेत गर्दछ।

कम्पनीले सञ्चालन गर्न लागेको आयोजनाको कुल अनुमानित लागत ३ अर्ब ८५ करोड रुपैयाँ रहेको छ। साधारण लगानी फिर्ता हुने अवधि ८.२२ वर्ष र डिस्काउण्ट लगानी फिर्ता अवधि १०.५ वर्ष रहेको छ।

शेयर निष्काशन तथा बिक्री प्रबन्धक नेपाल एसबिआई मर्चेण्ट बैंकिङ लिमिटेड रहेको छ। वैदेशिक रोजगारीमा रहेका नेपालीहरूले सि-आस्बा प्रणालीमा सहभागी बैंक तथा वित्तीय संस्थाहरूबाट वा सिडिएस एण्ड क्लियरिङ लिमिटेडको मेरो सेयर अनलाइन प्रणालीबाट आवेदन दिन सक्नेछन्।

Related News