·

राष्ट्र बैंक : २१ अर्ब रुपैयाँ बराबरको नयाँ नोट छाप्न अन्तर्राष्ट्रिय टेन्डर आह्वान

Author

NEPSE trading

राष्ट्र बैंक : २१ अर्ब रुपैयाँ बराबरको नयाँ नोट छाप्न अन्तर्राष्ट्रिय टेन्डर आह्वान

नेपाल राष्ट्र बैंकले ५० रुपैयाँ दरका ४२ करोड थान नयाँ नोट छाप्नका लागि अन्तर्राष्ट्रिय टेन्डर आह्वान गरेको छ। कुल मूल्य २१ अर्ब रुपैयाँ बराबरको हुने यी नोट छपाइका लागि बैंकको मुद्रा व्यवस्थापन विभागले पूर्वयोग्य अन्तर्राष्ट्रिय सेक्युरिटी प्रिन्टरहरूसँग प्रतिस्पर्धात्मक बोलपत्र मागेको हो।

राष्ट्र बैंकले जारी गरेको सूचनाअनुसार, डिजाइन, छपाइ, आपूर्ति र डेलिभरीसम्बन्धी सम्पूर्ण कार्यका लागि टेन्डर प्रक्रिया खुलाइएको हो। इच्छुक कम्पनीहरूले सन् २०२५ सेप्टेम्बर ८ तारिखको दिउँसो १२ बजेभित्र बोलपत्र बुझाउनुपर्नेछ भने सोही दिन दिउँसो १ बजे बोलपत्र खोलिनेछ।

यसअघि साउन ३२ गते (अगस्ट १७, २०२५) मा प्रि–बिड बैठक आयोजना गरिनेछ। बोलपत्र फारम २० हजार रुपैयाँ नेपाली मुद्रा (वा वैकल्पिक रूपमा १४६ अमेरिकी डलर, १२६ युरो, वा १०९ पाउन्ड स्टर्लिङ) तिरेर खरिद गर्न सकिनेछ।

बोलपत्र पेश गर्दा न्यूनतम ४ करोड रुपैयाँ बराबरको बिड सेक्युरिटी समेत राख्नुपर्ने व्यवस्था गरिएको राष्ट्र बैंकले जनाएको छ।

Related News