माबिलुङ्ग इनर्जी लिमिटेडको आईपीओमा आवेदन दिने आज अन्तिम दिन
Author
NEPSE TRADING

माबिलुङ्ग इनर्जी लिमिटेडले साउन २६ गतेदेखि सर्वसाधारणका लागि खुला गरेको आईपीओमा आवेदन दिने आज (साउन २९ गते) अन्तिम दिन रहेको छ। यसअघि आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि आईपीओ जारी गरि बाँडफाँट भइसकेको थियो।
कम्पनीले कुल १८ लाख ९० हजार ५३० कित्ता शेयर निष्काशनको स्वीकृति पाएको थियो, जसको कुल मूल्य १८ करोड ९० लाख ५३ हजार रुपैयाँ बराबर पर्छ। पहिलो चरणमा ३ लाख ८५ हजार ८२४ कित्ता आयोजना प्रभावित क्षेत्रका स्थानीयका लागि र १ लाख ५० हजार ४७१ कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि जारी गरिएको थियो। बाँकी १३ लाख ५४ हजार २३५ कित्ता शेयर मध्ये ३० हजार ९५ कित्ता कर्मचारीका लागि र ७५ हजार २३६ कित्ता सामूहिक लगानी कोषका लागि छुट्याइएपछि सर्वसाधारणका लागि १२ लाख ४८ हजार ९०४ कित्ता शेयर खुला गरिएको हो।
यस आईपीओमा न्यूनतम १० कित्ता र अधिकतम ५० हजार कित्तासम्म आवेदन दिन सकिन्छ। रेटिङ्गमा इक्रा नेपालले कम्पनीलाई “इक्रा एनपी इस्यूअर रेटिङ्ग सिंगल बी प्लस” प्रदान गरेको छ, जसले औसत जोखिम भएको संकेत गर्दछ।
कम्पनीले सञ्चालन गरेको ४.९५ मेगावाट क्षमताको माथिल्लो पिलुवाखोला–३ जलविद्युत आयोजनाको कुल लागत १ अर्ब १३ करोड ६० लाख रुपैयाँ रहेको छ। आयोजनाको साधारण लगानी फिर्ता हुने अवधि ९.४३ वर्ष र डिस्काउण्टेड लगानी फिर्ता हुने अवधि १७.०९ वर्ष रहने अनुमान गरिएको छ।
यस आईपीओको निष्काशन तथा बिक्री प्रबन्धक लक्ष्मी सनराइज क्यापिटल लिमिटेड रहेको छ। आवेदन नेपाल धितोपत्र बोर्डबाट स्वीकृत सम्पूर्ण सि आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तिनका शाखा कार्यालयमार्फत दिन सकिनेछ।