·

नेपाल माइक्रो इन्स्योरेन्सको आईपीओमा आवेदनको आज अन्तिम दिन

Author

Nepse trading

नेपाल माइक्रो इन्स्योरेन्सको आईपीओमा आवेदनको आज अन्तिम दिन

नेपाल माइक्रो इन्स्योरेन्स लिमिटेडले फागुन ११ गतेदेखि सर्वसाधारणका लागि निष्काशन गरेको प्राथमिक शेयर (आईपीओ) मा आवेदन दिने आज (फागुन १५ गते) अन्तिम दिन हो। कम्पनीले कुल ७५ करोड जारी पूँजीको ३०% अर्थात् २२ लाख ५० हजार कित्ता शेयर निष्काशन अनुमति पाएको थियो। पहिलो चरणमा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूलाई २ लाख २५ हजार, कर्मचारीलाई ६७ हजार ५०० र सामूहिक लगानी कोषलाई १ लाख १२ हजार ५०० कित्ता बाँडफाँट गरिसकेको छ। दोस्रो चरणमा बाँकी १८ लाख ४५ हजार कित्ता सर्वसाधारणका लागि खुला गरिएको हो। न्यूनतम १० देखि अधिकतम १ लाख कित्तासम्म आवेदन दिन सकिन्छ। शेयर निष्काशन प्रबन्धक एनआईएमबि एस क्यापिटल छ। केयर एनपी डबल बी माइनस रेटिङ्गले मध्यम जोखिम संकेत गर्छ।

Related News