सागर डिष्टिलरीको आईपीओमा आवेदन दिने आज अन्तिम दिन
Author
NEPSE TRADING

काठमाडौं । सागर डिष्टिलरी लिमिटेडले सर्वसाधारणका लागि निष्कासन गरेको आईपीओमा आवेदन दिने आज (असोज ५ गते) अन्तिम दिन रहेको छ। कम्पनीले भदौ ३० गतेदेखि आईपीओ निष्कासन सुरु गरेको थियो।
कम्पनीले प्रतिशेयर १०० रुपैयाँ दरका १४ लाख ५२ हजार कित्ता आईपीओ सर्वसाधारणका लागि छुट्याएको हो। यो कम्पनीको जारी पुँजी ७२ करोड ६० लाख रुपैयाँको २० प्रतिशत हो।
इन्फोमेरिक्स क्रेडिट नेपाल लिमिटेडले कम्पनीलाई ‘बी प्लस’ क्रेडिट रेटिङ प्रदान गरेको छ, जसले कम्पनीको क्रेडिट जोखिम बहन गर्ने क्षमता मध्यमस्तरको रहेको जनाउँछ।
यस आईपीओको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ। लगानीकर्ताले आस्बा सेवा प्रदान गर्ने बैंक तथा वित्तीय संस्थाका शाखा कार्यालयहरू वा सिडिएस एण्ड क्लियरिङ लिमिटेडको ‘मेरो सेयर’ सफ्टवेयरमार्फत आवेदन दिन सक्नेछन्।
सागर डिष्टिलरी लिमिटेडको रजिष्टर्ड कार्यालय नवलपरासीको देवचुली नगरपालिका–१ मा रहेको छ भने कर्पोरेट कार्यालय काठमाडौं महानगरपालिका–१ मा रहेको छ।



