स्वस्तिक लघुवित्तको आईपीओमा आवेदन दिने आज अन्तिम दिन
Author
NEPSE TRADING

स्वस्तिक लघुवित्त वित्तीय संस्था लिमिटेडले साउन ३० गतेदेखि सर्वसाधारणका लागि खुलेको आईपीओमा आवेदन दिने आज (भदौ ३ गते) अन्तिम दिन रहेको छ। कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि छुट्याइएको आईपीओको बाँडफाँट सम्पन्न गरेपछि बाँकी सेयर सर्वसाधारणका लागि निष्कासन गरेको हो।
लघुवित्तले जारी पुँजीको ४० प्रतिशतले हुन आउने २ करोड ३१ लाख रुपियाँबराबरको २ लाख ३१ हजार कित्ता आईपीओ निष्कासन गर्ने अनुमति पाएको थियो। यसमध्ये पहिलो चरणमा १ हजार १५५ कित्ता कर्मचारीका लागि, ११ हजार ५५० कित्ता सामूहिक लगानी कोषका लागि र २३ हजार १०० कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि छुट्याइएको थियो।
त्यसपछि बाँकी रहेको १ लाख ९५ हजार १९५ कित्ता साधारण शेयर सर्वसाधारणका लागि भदौ ३ गतेसम्म आवेदन दिन खुला गरिएको हो।