सोल्टी होटल र साहस उर्जाको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन
Author
NEPSE TRADING

आज (बिहीबार) सोल्टी होटल लिमिटेड र साहस उर्जा लिमिटेडका सेयरधनीका लागि लाभांश सुरक्षित गर्ने अन्तिम दिन परेको छ। दुवै कम्पनीले भोलि मंसिर ५ गते बुकक्लोज गर्ने भएकोले आजको कारोबार सकिँदासम्म नेप्सेमा नाम दर्ता भएका सेयरधनीले मात्रै प्रस्तावित लाभांश तथा साधारण सभामा सहभागी हुने अधिकार प्राप्त गर्न सक्नेछन्।
सोल्टी होटलको १५% बोनस, १६.५७% नगद प्रस्ताव
सोल्टी होटलले मंसिर ५ गतेदेखि २८ गतेसम्म बुकक्लोज गर्ने निर्णय गरेको छ। कम्पनीले मंसिर २८ गते, आइतबार, काठमाडौंको त्रिभुवन आर्मी अफिसर्स क्लब, टुँडिखेलमा ५१औँ वार्षिक साधारण सभा आयोजना गर्नेछ।
सभामा हाल कायम चुक्ता पूँजीका आधारमा १५ प्रतिशत बोनस सेयर तथा कर प्रयोजनका लागि १६.५७८९ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरिनेछ।
साधारण सभा बिहान १० बजे सुरु हुनेछ।
साहस उर्जाको एकदिने बुकक्लोज, २१% बोनस प्रस्ताव
साहस उर्जा लिमिटेडले भोलि मंसिर ५ गते एक दिनका लागि बुकक्लोज गर्नेछ। कम्पनीले मंसिर २४ गते, बुधबार, काठमाडौँस्थित कार्की ब्याङ्क्वेट, बबरमहलमा आफ्नो १२औँ वार्षिक साधारण सभा डाकेको छ।
सभामा २१ प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थ १.१०५३ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव पेश हुनेछ।
साथै, अघिल्लो साधारण सभाले पारित गरेको १ बराबर १ हकप्रद प्रस्तावलाई बोनस समायोजनपछि पनि उही अनुपातमै कायम राखी हकप्रद सेयर जारी गर्ने विषय सभामा टेबुल गरिनेछ।


