·

(RHGCL) राप्ती हाइड्रो एण्ड जेनेरल कन्स्ट्रक्सन लिमिटेडको १००% हकप्रद सेयरका लागि आज अन्तिम कारोबार दिन

Author

NEPSE TRADING

(RHGCL) राप्ती हाइड्रो एण्ड जेनेरल कन्स्ट्रक्सन लिमिटेडको १००% हकप्रद सेयरका लागि आज अन्तिम कारोबार दिन

(RHGCL) आज नेप्सेमा राप्ती हाइड्रो एण्ड जेनेरल कन्स्ट्रक्सन लिमिटेड (RHGCL) को १०० प्रतिशत हकप्रद सेयर प्राप्त गर्नको लागि अन्तिम कारोबार दिन हो। कम्पनीले ६१ लाख २७ हजार ९३८ कित्ता (१:१ अनुपातमा) हकप्रद सेयर जारी गर्दैछ, जसको कुल मूल्य ६१ करोड २७ लाख रुपैयाँ बराबर हुनेछ। यसपछि कम्पनीको जारी पूँजी ६१ करोड २७ लाख रुपैयाँबाट बढेर १ अर्ब २२ करोड रुपैयाँ पुग्नेछ।

उक्त हकप्रद सेयर निष्कासनको लागि मुक्तिनाथ क्यापिटल लिमिटेड लाई निष्कासन व्यवस्थापक नियुक्त गरिएको छ। कम्पनीले बुक क्लोज मिति २०८२ सालको जेठ ६ गते तय गरेको छ। त्यसैले सो मितिभन्दा अगाडि सेयर खरिद गरेका लगानीकर्ताहरूले मात्र हकप्रद सेयरको आवेदन दिन सक्नेछन्। आजको दिनभित्र सेयर खरिद गरेर यसका लागि  योग्य बन्न सकिनेछ ।

Related News