·

एलआईसी नेपालले १०% बोनससहित २३ औं साधारण सभा आह्वान, बुक क्लोज २०८२/०३/२६

Author

NEPSE TRADING

एलआईसी नेपालले १०% बोनससहित २३ औं साधारण सभा आह्वान, बुक क्लोज २०८२/०३/२६

२०८२/०३/०३ गते बसेको सञ्चालक समितिको २४३ औं बैठकको निर्णय अनुसार साधारण सभा २०८२/०४/३० गते नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठान, जावलाखेल, ललितपुरमा हुने भएको हो।

सभाको लागि कम्पनीले २०८२/०३/२६ गते एक दिनको लागि शेयरधनी दर्ता बन्द (बुक क्लोज) गर्ने निर्णय गरेको छ। उक्त मितिसम्म शेयरधनी रहेका व्यक्तिहरू साधारण सभामा सहभागिता जनाउन र प्रस्तावित १०% बोनस शेयर पाउन योग्य हुनेछन्। यस पटक नगद लाभांश भने प्रस्ताव गरिएको छैन।

मुख्य बुँदाहरू:

·         प्रस्तावित बोनस शेयर: १०%

·         नगद लाभांश: छैन

·         बुक क्लोज मिति: २०८२/०३/२६ (एक दिन)

·         साधारण सभा मिति: २०८२/०४/३०

Related News