·
आत्मनिर्भर लघुवित्तको ६२ हजार ३३८ कित्ता बोनस सेयर सूचीकृत
Author
NEPSE trading

आत्मनिर्भर लघुवित्त वित्तीय संस्था लिमिटेडको ६२ हजार ३३८ कित्ता बोनस सेयर नेप्सेमा सूचीकृत भएको छ। नेप्सेका अनुसार, उक्त संस्थाले सेयरधनीलाई वितरण गरेको १० प्रतिशत बोनस सेयर सूचीकृत गरिएको हो।
नेप्सेले जानकारी दिएको अनुसार, बोनस सेयर डिम्याट खातामा जम्मा भएपछि कारोबार गर्न सकिनेछ। सेयरधनीहरुले आफ्नो डिम्याट खातामा सेयर जम्मा भएपश्चात् नेप्सेमा ती सेयर कारोबार गर्न पाउनेछन्।