सयपत्री हाइड्रोपावरका प्रवर्द्धक, स्थानीय र कर्मचारीको सेयरको लकइन अवधि साउन २३ गते सकिँदै
Author
NEPSE TRADING

सयपत्री हाइड्रोपावर लिमिटेड (SPHL) ले आफ्ना प्रवर्द्धक, आयोजना प्रभावित क्षेत्रका बासिन्दा तथा कर्मचारीको नाममा रहेको शेयरको लकइन अवधि आगामी २०८२ सालको साउन २३ गते समाप्त हुने जानकारी गराएको छ। धितोपत्र बोर्ड (सेबोन) को निर्देशनअनुसार कम्पनीले सार्वजनिक सूचना प्रकाशित गर्दै यो जानकारी गराएको हो। कम्पनीका ३०,००,००० कित्ता सेयर नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत छन्, जसमध्ये २१,००,००० कित्ता प्रवर्द्धकको, १,७८,९४० कित्ता स्थानीयको र १४,४२१ कित्ता कर्मचारीको नाममा रहेको छ। यी सेयरहरू आईपीओ बाँडफाँड भएको तीन वर्षदेखि लकइनमा थिए। तर, कम्पनीले स्पष्ट पारेको छ कि सञ्चालक समिति तथा उच्च व्यवस्थापन तहका कर्मचारीको नाममा रहेका सेयरहरू भने लकइन अवधि सकिएपछि पनि किनबेच गर्न नपाइने छन्।