·

तल्लो सोलु जलविद्युत् आयोजना राष्ट्रिय ग्रिडमा आबद्ध

Author

NEPSE TRADING

तल्लो सोलु जलविद्युत् आयोजना राष्ट्रिय ग्रिडमा आबद्ध

हिमाली जिल्ला सोलुखुम्बुमा निर्माण गरिएको ८२ मेगावाट क्षमताको तल्लो सोलु जलविद्युत् आयोजना सफलतापूर्वक राष्ट्रिय प्रसारण प्रणालीमा आबद्ध भएको छ।

सोलुखोला क्षेत्रमा निर्माण सम्पन्न भएको उक्त आयोजना सोलु करिडोरको १३२ केभी डबल सर्किट प्रसारण लाइनमार्फत तिङ्ला सबस्टेसन हुँदै राष्ट्रिय ग्रिडमा जोडिएको हो।

निजी क्षेत्रको लगानीमा निर्माण भएको यस आयोजनाले उत्पादन र विद्युत् प्रवाहको दृष्टिले महत्वपूर्ण उपलब्धि हासिल गरेको छ। सोलु हाइड्रोपावर लिमिटेडद्वारा प्रवद्र्धित उक्त आयोजनाले गत साउन ४ गतेदेखि पहिलो युनिटको विद्युत् उत्पादन सुरु गरेको हो। परीक्षणसहित विद्युत् ग्रिडमा प्रवाह भइसकेको कम्पनीले जानकारी दिएको छ।

यो आयोजना राष्ट्रिय ऊर्जा सुरक्षाका लागि एक महत्वपूर्ण काशेढुङ्गा सावित हुने अपेक्षा गरिएको छ।

Related News