माबिलुङ इनर्जी लिमिटेडको आईपीओ बाँडफाँट सम्पन्न
Author
NEPSE TRADING

माबिलुङ इनर्जी लिमिटेडले साउन २६ गतेदेखि २९ गतेसम्म सर्वसाधारणका लागि निष्काशन गरेको आईपीओको बाँडफाँट आज सम्पन्न भएको छ। कम्पनीको आईपीओ बाँडफाँट लक्ष्मी सनराइज क्यापिटल लिमिटेडको कार्यालयमा बिहान ९ः३० बजे गरिएको हो।
कम्पनीको आईपीओमा १ लाख २४ हजार ८८६ जना लगानीकर्ताले १०–१० कित्ता र ४ जनाले ११–११ कित्ताका दरले सेयर प्राप्त गरेका छन्। बाँडफाँट नतिजा लगानीकर्ताले बिक्री प्रबन्धक सनराइज क्यापिटल, मेरोसेयर एकाउन्ट, सीडीएस एन्ड क्लियरिङ लिमिटेडको वेबसाइट (iporesult.cdsc.com.np) तथा कम्पनीको आधिकारिक वेबसाइटमार्फत हेर्न सक्नेछन्।
नेपाल धितोपत्र बोर्ड (सेबोन) बाट अनुमति पाएअनुसार कम्पनीले आफ्नो जारी पुँजीको ४८.९९ प्रतिशत अर्थात् १८ करोड ९० लाख ५३ हजार रुपैयाँबराबरको १८ लाख ९० हजार ५३० कित्ता साधारण सेयर प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा निष्काशन गरेको थियो।
यसअघि पहिलो चरणमा ३ लाख ८५ हजार ८२४ कित्ता आयोजना प्रभावितहरूलाई र १ लाख ५० हजार ४७१ कित्ता वैदेशिक रोजगारमा गएका नेपालीलाई आईपीओ निष्काशन गरी बाँडफाँट गरिसकेको थियो। दोस्रो चरणमा ७५ हजार २६६ कित्ता सामूहिक लगानी कोषलाई र ३० हजार ९५ कित्ता कर्मचारीलाई सुरक्षित गरी बाँकी रहेको १२ लाख ४८ हजार ९०४ कित्ता सेयर सर्वसाधारणमा निष्काशन गरिएको हो।