·

महुली लघुवित्तले शेयर संरचना परिवर्तन गर्ने

Author

NEPSE TRADING

महुली लघुवित्तले शेयर संरचना परिवर्तन गर्ने

महुली लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्नो शेयर संरचना परिवर्तन गर्ने भएको छ। साविकको महुली लघुवित्त र नवकिरण लघुवित्त मर्ज भएर बनेको यस संस्थामा हाल संस्थापक समूहको ७० प्रतिशत र सर्वसाधारण समूहको ३० प्रतिशत शेयर स्वामित्व रहेको छ।

कम्पनीले अब संस्थापक समूहतर्फको ५.७२ प्रतिशत शेयर सर्वसाधारण समूहमा परिवर्तन गर्ने निर्णय गरेको छ। यस परिवर्तनपछि संस्थापक समूहको स्वामित्व ६४.२८ प्रतिशत रहनेछ भने सर्वसाधारण समूहको स्वामित्व ३५.७२ प्रतिशत पुग्नेछ।

यद्यपि, कुनै संस्थापक शेयरधनीले आफ्नो शेयर स्वामित्व परिवर्तन नगर्न चाहने भएमा ३५ दिनभित्र संस्थाको केन्द्रीय कार्यालय अग्निसाइर कृष्णासवरण–६, महुली, सप्तरीमा निवेदन दिनुपर्नेछ। निवेदन नपरेको खण्डमा भने शेयरधनी मञ्जुर रहेको ठानी स्वामित्व संरचना परिवर्तनको प्रक्रिया अघि बढाइने कम्पनीले जनाएको छ।

Related News