बजार घट्दा लगानीकर्ता सतर्क, ब्रोकरको भूमिका विवादित, नेप्सेमा ३५ अंकको गिरावट
Author
NEPSE TRADING

मौद्रिक नीतिपछि उत्साहित देखिएको शेयर बजार सोमबार भने ३५.०९ अंकले घटेर २७२५.७१ विन्दुमा झरेको छ। विश्लेषकहरूका अनुसार यो गिरावटलाई ‘टेक्निकल रिभर्सल’ को संकेत मानिएको छ।
नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको लगानीमैत्री मौद्रिक नीतिपछि आइतबार बजारमा उत्साह देखिएको थियो। तर, लगानीकर्ताहरूले 'बाय द रुमर, सेल द न्यूज' रणनीति अपनाउँदै नाफा सुरक्षित गर्न थालेपछि बजारमा दबाब सिर्जना भयो।
विश्लेषकहरूका अनुसार आइतबार बजारले ‘सुटिङ स्टार’ क्यान्डल बनाएको थियो जुन रिभर्सलको क्लासिक संकेत हो। सोमबार ग्याप फिल हुँदै बजार सो सपोर्टभन्दा तल बन्द भएको छ, जसले कमजोरी झल्काउँछ।
ट्रेडिङ भोल्युममा पनि गिरावट आएको छ। आइतबार ११ अर्ब ३५ करोड रुपैयाँको कारोबार भए पनि सोमबार मात्र ८ अर्ब १७ करोडमा झरेको छ।
१३ उपसमूहमध्ये ११ वटा समूह ओरालो लागे। बैंकिङ उपसमूह सबैभन्दा धेरै २.४६% घट्दा अन्य प्रमुख समूहहरू पनि १–१.५% ले घटेका छन्। माइ खोला हाइड्रोपावरको शेयर भने ५.९०% ले उकालो लाग्दा, सामुदायिक लघुवित्त ४.४६% ले घटेको छ।
ट्रेडिङ रकममा एनआरएन इन्फ्रास्ट्रक्चर (~४० करोड), बुटवल पावर (~३९ करोड) र सानिमा बैंक (~२४ करोड) अगाडि रहे।
सर्वाधिक कारोबार गर्ने १० ब्रोकरमध्ये ६ ब्रोकरले बाईभन्दा बढी सेल गरेका छन्, जसले बजार घटाउने प्रभाव पारेको आरोप लगाइएको छ।
टेक्निकल हिसाबले बजारले रेसिस्टेन्स ब्रेक गर्न नसकेर 'रिजेक्सन एट रेसिस्टेन्स' देखाएको छ। यसले बजार नयाँ डाउन स्विङतर्फ प्रवेश गर्न सक्छ। लगानीकर्ताहरूलाई छोटो लाभभन्दा दीर्घकालीन रणनीतिमा ध्यान दिन सल्लाह दिइएको छ।