·

माया खोला हाईड्रोपावरको साधारणसभा सम्पन्न, नयाँ सञ्चालक समिति चयन

Author

NEPSE trading

माया खोला हाईड्रोपावरको साधारणसभा सम्पन्न, नयाँ सञ्चालक समिति चयन

माया खोला हाईड्रोपावर कम्पनी लिमिटेडको सातौं तथा आठौं वार्षिक साधारणसभा जेठ २३ गते, शुक्रबार सम्पन्न भएको छ। उक्त साधारणसभाबाट कम्पनीको सञ्चालक समितिमा संस्थापक समूहबाट ४ जनासर्वसाधारण समूहबाट २ जना सञ्चालकहरू निर्वाचित भएका छन्।

संस्थापक समूहबाट:

  1. श्री दिनेश प्रसाद श्रेष्ठ

  2. श्री हेमनिधि शर्मा

  3. श्री रमेश राज सिवाकोटी

  4. श्री सोहन सुन्दर श्रेष्ठ

सर्वसाधारण समूहबाट:

  1. श्री अनिल शर्मा

  2. श्री सुरक्षा श्रेष्ठ

त्यस्तै, उक्त दिन साँझ ४ बजे बसेको सञ्चालक समितिको पहिलो बैठकबाट श्री दिनेश प्रसाद श्रेष्ठलाई कार्यकारी अध्यक्ष पदमा चयन गरिएको जानकारी कम्पनीले दिएको छ।

कम्पनीका कम्पनी सचिव नविन कुमार वर्माले नेपाल धितोपत्र बोर्ड, नेपाल स्टक एक्सचेन्ज लिमिटेड र कम्पनी रजिष्ट्रारको कार्यालयलाई जानकारी गराउँदै पत्र पठाएका छन्।

Related News