·

एमबीएल इक्विटी फण्ड" नेप्सेमा सूचीकृत, कारोबार बिहीबारदेखि सुरु हुने

Author

NEPSE TRADING

एमबीएल इक्विटी फण्ड" नेप्सेमा सूचीकृत, कारोबार बिहीबारदेखि सुरु हुने

माछापुच्छ्रे बैंक लिमिटेड (एमबीएल) र नेपाल स्टक एक्सचेन्ज (नेप्से) बीच आज "एमबीएल इक्विटी फण्ड" नामक म्युचुअल फण्ड योजना सूचीकृत गर्ने सम्झौता सम्पन्न भएको छ। उक्त सम्झौता अनुसार १२,१६,२५,३३० युनिट सेयरहरू प्रतियुनिट रु. १० अंकित मूल्यमा नेप्सेमा सूचीकृत गरिएको हो।

सार्वजनिक निष्कासन २०८१ साल फागुन २२ गतेदेखि २६ गतेसम्मको लागि खुला गरिएको थियो। "एमबीएल इक्विटी फण्ड (MBLEF)" एक बन्द प्रकारको म्युचुअल फण्ड हो र नेप्सेमा 'MBLEF' संकेतअन्तर्गत कारोबार हुनेछ।

फण्डको चैत, २०८१ को नेट एसेट भ्यालु (NAV) रु. ९.९६ रहेको छ। सूचीकृत युनिटहरूको कारोबार बिहीबारदेखि सुरु हुनेछ।

Related News