·

समाज लघुवित्त र ग्रामीण विकास लघुवित्तको मर्ज प्रक्रिया अघि बढ्यो

Author

NEPSE trading

समाज लघुवित्त र ग्रामीण विकास लघुवित्तको मर्ज प्रक्रिया अघि बढ्यो

समाज लघुवित्त वित्तीय संस्था लिमिटेडले नेपाल स्टक एक्सचेञ्ज लिमिटेडलाई पत्र पठाउँदै आफ्नो संस्था र ग्रामीण विकास लघुवित्त वित्तीय संस्था लिमिटेडबीच एक आपसमा गाभ्ने (मर्ज) प्रक्रियाको लागि नेपाल राष्ट्र बैंकबाट सैद्धान्तिक सहमति प्राप्त भएको जानकारी गराएको छ।

नेपाल राष्ट्र बैंकले २०८२/०२/२२ मा पठाएको पत्रको आधारमा दुवै संस्थाले मर्ज प्रक्रिया अगाडि बढाउने तयारी गरेका हुन्। अबको प्रक्रियामा यथासम्भव दुवै संस्थाको शेयर मूल्यांकन, समायोजन योजना, नयाँ नाम र सञ्जाल निर्धारणको काम अघि बढ्नेछ।

यस सूचनालाई नेपाल स्टक एक्सचेञ्जका साथै नेपाल राष्ट्र बैंक, सिडिएस एण्ड क्लियरिङ लिमिटेड, ग्लोबल आइएमई क्यापिटल, कम्पनी रजिष्ट्रार कार्यालय लगायतका सरोकारवाला निकायलाई जानकारी गराइएको छ।

Related News