GBLBS ग्रामीण विकास लघुवित्त र समाज लघुवित्त वित्तीय संस्था लिमिटेडबीच मर्जर हुने
Author
NEPSE TRADING

सभामा विशेष प्रस्तावअन्तर्गत ग्रामीण विकास लघुवित्त र समाज लघुवित्त वित्तीय संस्था लिमिटेडबीच मर्जर प्रक्रिया अघि बढाउने प्रस्ताव पेश हुनेछ । मर्जरपछि दुवै संस्थाबीच १ः१ को अनुपातमा शेयर आदानप्रदान गरिनेछ ।
हाल ग्रामीण विकास लघुवित्तको जारी तथा चुक्ता पुँजी ९८ करोड २५ लाख रुपैयाँ रहेको छ भने समाज लघुवित्तको चुक्ता पुँजी २ करोड २८ लाख ५० हजार रुपैयाँ छ । मर्जरपश्चात् शेयर संरचनामा परिवर्तन हुने भएकाले कम्पनीको प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव पनि सभामा पेश गरिनेछ ।
सभाले अघिल्लो आर्थिक वर्षको वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन तथा वित्तीय विवरणमाथि छलफल गरी पारित गर्नुका साथै चालू आर्थिक वर्षका लागि नयाँ लेखापरीक्षकको नियुक्ति र पारिश्रमिक निर्धारण गर्नेछ ।
सभा तथा मर्जर प्रयोजनार्थ कम्पनीले असार १५ गते बुक क्लोज गर्नेछ । त्यसैले असार १२ गतेसम्म कायम रहेका शेयरधनीहरूले साधारणसभामा भाग लिन सक्नेछन् ।