·

मेरोमाइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेड ले घोषणा गर्‍यो ५ प्रतिशत लाभांश

Author

NEPSE TRADING

मेरोमाइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेड ले घोषणा गर्‍यो ५ प्रतिशत लाभांश

मेरोमाइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेड ले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरूलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ। लघुवित्तले हाल कायम चुक्ता पूँजीको ५ प्रतिशतले हुन आउने कुल ७ करोड ९ लाख ५० हजार रुपैयाँ बराबरको लाभांश वितरण गर्ने निर्णय गरेको हो। जसमध्ये ४.७५ प्रतिशत बोनस शेयर र ०.२५ प्रतिशत बोनस शेयरको कर प्रयोजनार्थ नगद लाभांश रहेको छ। पुस ८ गते बसेको सञ्चालक समितिको बैठकले उक्त दरमा लाभांश वितरण गर्ने निर्णय गरेको हो। नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपछि सो लाभांश शेयरधनीहरूलाई वितरण गरिनेछ।

Related News