·
मेरोमाइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेड ले घोषणा गर्यो ५ प्रतिशत लाभांश
Author
NEPSE TRADING

मेरोमाइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेड ले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरूलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ। लघुवित्तले हाल कायम चुक्ता पूँजीको ५ प्रतिशतले हुन आउने कुल ७ करोड ९ लाख ५० हजार रुपैयाँ बराबरको लाभांश वितरण गर्ने निर्णय गरेको हो। जसमध्ये ४.७५ प्रतिशत बोनस शेयर र ०.२५ प्रतिशत बोनस शेयरको कर प्रयोजनार्थ नगद लाभांश रहेको छ। पुस ८ गते बसेको सञ्चालक समितिको बैठकले उक्त दरमा लाभांश वितरण गर्ने निर्णय गरेको हो। नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपछि सो लाभांश शेयरधनीहरूलाई वितरण गरिनेछ।



