·
मेरो शेयर तथा सी-आस्बा सेवा आज केही समयका लागि अवरुद्ध
Author
NEPSE TRADING

काठमाडौं – सिडिएस एण्ड क्लियरिङ लिमिटेडले आज साँझदेखि मेरो शेयर तथा सी-आस्बा सेवा केही समयका लागि अवरुद्ध हुने जानकारी गराएको छ।
कम्पनीको सूचनाअनुसार २०८२ साल भदौ ८ गते साँझ ५:३० बजेपछि मेरो शेयर तथा सी-आस्बा प्रणालीको डाटाबेस अपडेटेसन तथा माइन्टेनेन्स कार्य हुने भएकाले करिब ६ घण्टासम्म सेवा प्रभावित हुने भएको हो।
यो अवधिमा प्रयोगकर्ताले मेरो शेयर तथा सी-आस्बा सेवा प्रयोग गर्न नसक्ने भएकाले आवश्यक जानकारीका लागि अग्रिम सूचनास्वरूप जानकारी प्रकाशित गरिएको सिडिएससीले जनाएको छ।
कम्पनीले माइन्टेनेन्स तथा अपडेटेसन कार्य सम्पन्न भएपछि सबै सेवा पूर्ववत् सञ्चालनमा आउने पनि स्पष्ट पारेको छ।