एप्पल लाई उछिनेर माइक्रोसफ्ट बन्यो विश्वको सबैभन्दा मूल्यवान कम्पनी
Author
NEPSE trading

अमेरिकी प्रविधि कम्पनी माइक्रोसफ्ट कर्पोरेशनले एप्पल इलाई उछिनेर विश्वको सबैभन्दा मूल्यवान कम्पनी बनेको छ।
कम्पनीज मार्केट क्यापका अनुसार माइक्रोसफ्टको बजार पूँजीकरण ३.३३ ट्रिलियन डलर पुगेको छ भने एप्पलको ३.३२ ट्रिलियन डलर छ। तेस्रो स्थानमा एनवीडिया कर्प छ, जसको बजार पूँजीकरण ३.२२ ट्रिलियन डलर छ।
आपूर्ति श्रृङ्खलाको अवरोध र शेयर मूल्य गिरावटले एप्पल दोस्रो स्थानमा झरेको हो। अफिस, विन्डोज र क्लाउड प्रडक्टबाट माइक्रोसफ्टको आम्दानी बढेको छ।
मंगलबार माइक्रोसफ्टको शेयर मूल्य १.३१ प्रतिशतले बढेर ४४८.३७ डलर पुगेको थियो भने एप्पलको शेयर मूल्य १.९७ प्रतिशतले बढेर २१६.६७ डलर पुगेको थियो। एनवीडियाको शेयर मूल्य ०.६८ प्रतिशतले घटेर १३०.९८ डलर पुगेको थियो।
यसअघि पनि २०१८ र २०२० मा माइक्रोसफ्टले एप्पललाई पछि पारेको थियो। लामो समयदेखि एप्पल अग्रणी स्थानमा रहँदै आएको छ। २०१८ मा एप्पल १० खर्ब बजार मूल्य भएको पहिलो अमेरिकी कम्पनी बनेको थियो।