MLBL महालक्ष्मी विकास बैंकले संस्थापक शेयर सार्वजनिक रूपमा बिक्रीमा ल्यायो
Author
NEPSE trading

महालक्ष्मी विकास बैंक लिमिटेडले आफ्नो संस्थापक समूहको शेयर सार्वजनिक रूपमा बिक्रीमा ल्याएको छ। अब जो कोही व्यक्ति वा संघ–संस्थाले यी शेयरहरू खरिद गर्न सक्नेछन्।
यसअघि उक्त शेयर केवल संस्थापक शेयरधनीहरूबीचमा सीमित गरी बिक्री खुला गरिएको थियो। तर अब भने बैंकले सार्वजनिक रूपमा बिक्री प्रक्रिया अघि बढाएको छ।
शेयर खरिद गर्न इच्छुक लगानीकर्ताहरूले ७ दिनभित्र बैंकको केन्द्रीय कार्यालय दरबारमार्ग, काठमाडौंमा निवेदन दिनुपर्नेछ। यद्यपि, बैंकले बिक्रीमा ल्याइएको कित्ता संख्या र मूल्य भने अहिलेसम्म सार्वजनिक गरेको छैन।
बैंकको यो निर्णयले संस्थापक शेयर खरिद गर्न चाहने बाह्य लगानीकर्ताहरूका लागि अवसर प्रदान गर्ने विश्वास गरिएको छ।