मुक्तिनाथ विकास बैंकको नाफा र ईपीएस दुवैमा उल्लेख्य वृद्धि
Author
NEPSE TRADING

मुक्तिनाथ विकास बैंक लिमिटेड (MNBBL) ले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ, जसअनुसार बैंकको वितरणयोग्य प्रतिशेयर आम्दानी २० रुपैयाँ ७५ पैसा पुगेको छ। सो अवधिसम्ममा बैंकको वितरणयोग्य मुनाफा १ अर्ब ४६ करोड २५ लाख रुपैयाँ र खुद नाफा १ अर्ब ५३ करोड ७४ लाख रुपैयाँ रहेको छ, जुन अघिल्लो आर्थिक वर्षको तुलनामा ३०.७० प्रतिशतले बढी हो। अघिल्लो वर्षको सोही अवधिमा बैंकको खुद नाफा १ अर्ब १७ करोड ६३ लाख रुपैयाँ मात्र थियो। समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी ७.५० प्रतिशत, खुद फि तथा कमिशन आम्दानी २०.४८ प्रतिशत, कुल सञ्चालन आम्दानी ८.९३ प्रतिशत र सञ्चालन मुनाफा ३०.५५ प्रतिशतले बढेको छ। यससँगै बैंकको प्रतिशेयर आम्दानी ५ रुपैयाँ १२ पैसा बढेर २१ रुपैयाँ ८२ पैसा पुगेको छ। गत आर्थिक वर्षको अन्त्यमा बैंकको मूल्य आम्दानी अनुपात १८.६ गुणा र प्रतिशेयर नेटवर्थ १६९ रुपैयाँ ९५ पैसा रहेको छ। ७ अर्ब ४ करोड ६९ लाख रुपैयाँ चुक्ता पूँजी रहेको बैंकको जगेडा कोषमा ४ अर्ब ९२ करोड ९५ लाख रुपैयाँ सञ्चित छ। सोही अवधिसम्ममा बैंकले १ खर्ब १७ अर्ब ४३ करोड रुपैयाँ निक्षेप संकलन गरी ९७ अर्ब ५१ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ।