·

नबिल बैंकको वार्षिक नाफा ७ अर्ब १२ करोड पुग्यो, वितरणयोग्य नाफा ४ अर्ब ७७ करोड

Author

NEPSE TRADING

नबिल बैंकको वार्षिक नाफा ७ अर्ब १२ करोड पुग्यो, वितरणयोग्य नाफा ४ अर्ब ७७ करोड

नबिल बैंक लिमिटेड (NABIL) ले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गर्दै ७ अर्ब रुपैयाँभन्दा बढीको नाफा आर्जन गरेको छ। बैंकले सो अवधिमा ७ अर्ब १२ करोड रुपैयाँ खुद नाफा कमाएको हो, जुन अघिल्लो आर्थिक वर्षको ६ अर्ब १९ करोड रुपैयाँको तुलनामा १५.०१ प्रतिशतले वृद्धि भएको हो। समीक्षा अवधिमा खुद ब्याज आम्दानी ०.०६ प्रतिशत र खुद फि तथा कमिशन आम्दानी ५.३८ प्रतिशतले मात्र बढे पनि, इम्पेरमेन्ट चार्ज ४ अर्ब ६३ करोड रुपैयाँबाट घटेर २ अर्ब ३९ करोड रुपैयाँमा झरेको कारण नाफामा उल्लेखनीय वृद्धि भएको हो। यस अवधिमा बैंकको सञ्चालन आम्दानी ३.४२ प्रतिशत र सञ्चालन मुनाफा २५.४४ प्रतिशतले बढेको छ। २७ अर्ब ५ करोड ६९ लाख रुपैयाँ चुक्ता पूँजी र ३६ अर्ब ६८ करोड रुपैयाँ जगेडा कोष भएको बैंकले असार मसान्तसम्ममा ५ खर्ब २४ अर्ब ६२ करोड रुपैयाँ निक्षेप संकलन गरी ४ खर्ब १२ अर्ब ७९ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ। सो अवधिसम्ममा वितरणयोग्य नाफा ४ अर्ब ७७ करोड रुपैयाँ र वितरणयोग्य प्रतिशेयर आम्दानी १७ रुपैयाँ ६४ पैसा रहेको छ। प्रतिशेयर आम्दानी ३ रुपैयाँ ४४ पैसाले बढेर २६ रुपैयाँ ३४ पैसा पुगेको छ भने बैंकको मूल्य आम्दानी अनुपात २०.५५ गुणा र प्रतिशेयर नेटवर्थ २३५ रुपैयाँ ५८ पैसा रहेको छ।

Related News