·

नाडा अध्यक्ष चौधरीको माग : सावारी साधन खरिद कर्जाको सीमा बढाउनुपर्छ

Author

NEPSE TRADING

नाडा अध्यक्ष चौधरीको माग : सावारी साधन खरिद कर्जाको सीमा बढाउनुपर्छ

नाडा अटोमोबाइल्स एशोसिएसन अफ नेपालका अध्यक्ष करण चौधरीले सावारी साधन खरिदका लागि आवश्यक पर्ने कर्जाको सीमा बढाउन सरकारसँग माग गरेका छन्। राजधानीको भृकुटीमण्डपमा मंगलबारदेखि सुरु भएको नाडा अटो शो को उद्घाटन कार्यक्रममा उनले मोबिलिटी क्षेत्र सरकारको सारथि बनेको भन्दै यसलाई अझ प्रोत्साहन गर्न ग्राहकलाई सहजीकरण गर्नुपर्ने धारणा राखे।

चौधरीले मोबिलिटी क्षेत्रले प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा लाखौँ युवालाई रोजगारी दिएको र व्यापार व्यवसायलाई समेत गतिशील बनाएको बताए। उनले चालू आर्थिक वर्षको मौद्रिक नीतिको पुनरावलोकनमा अटो क्षेत्रको कर्जाको सीमा सम्बन्धी विषयमा सरकार सकारात्मक हुने आशा व्यक्त गरे।

उनले एशोसिएसनले देशभरका करिब ९० प्रतिशत अटो व्यवसायीलाई प्रतिनिधित्व गर्ने उल्लेख गर्दै यो अटो शो केवल प्रदर्शनी नभई व्यापारिक केन्द्र बनेको दाबी गरे। उनका अनुसार, यो अटो शोले कुल अटोमोबाइल व्यापारको करिब ४० प्रतिशत हिस्सा ओगट्ने क्षमता राख्छ।

त्यसैगरी, चौधरीले अटोमोबाइल क्षेत्रले नेपालको अर्थतन्त्रमा ठूलो योगदान पुर्‍याएको उल्लेख गर्दै हालसम्म यो क्षेत्रमा १० लाखभन्दा बढी रोजगारी सिर्जना भएको र ३ हजार व्यवसायी एकीकृत भएको जानकारी दिए।

Related News