·
नेशनल लाइफ इन्स्योरेन्सको १२.५ प्रतिशत लाभांश घोषणा
Author
NEPSE TRADING

नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड (NLICL) ले गत आर्थिक वर्षको नाफाबाट शेयरधनीलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ। कम्पनीले हाल कायम चुक्ता पूँजीको ४ प्रतिशत बोनस शेयर र बोनस शेयरको कर प्रयोजनार्थसहित ८.५ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो। पुस २ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले उक्त दरमा लाभांश प्रस्ताव गर्ने निर्णय गरेको जनाएको छ। नेपाल बीमा प्राधिकरणबाट स्वीकृति प्राप्त भई आगामी वार्षिक साधारण सभाबाट पारित भएपछि मात्र सो लाभांश शेयरधनीहरूलाई वितरण गरिने कम्पनीले जानकारी दिएको छ।


