·

नेशनल लाइफ इन्स्योरेन्सको ३८औँ साधारण सभा पुस ३० गते, लाभांश प्रस्ताव पारित हुँदै

Author

NEPSE TRADING

नेशनल लाइफ इन्स्योरेन्सको ३८औँ साधारण सभा पुस ३० गते, लाभांश प्रस्ताव पारित हुँदै

नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड (NLICL) ले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरूलाई वितरण गर्ने घोषणा गरेको लाभांश पारित गर्न ३८औँ वार्षिक साधारण सभा बोलाएको छ। इन्स्योरेन्सले पुस ३० गते, बुधबार, बिहान साढे १० बजे, आफ्नो केन्द्रीय कार्यालय, लाजिम्पाट, काठमाडौँमा साधारण सभा आयोजना गर्ने भएको हो। सभाले हाल कायम चुक्ता पूँजीको ४ प्रतिशत बोनस शेयर र सोको कर प्रयोजनार्थसहित ८.५ प्रतिशत नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ। साथै, सभामा प्रबन्धपत्र तथा नियमावली संशोधनका लागि सञ्चालक समितिलाई अख्तियारी दिने, लगानीसम्बन्धी व्यवस्था परिमार्जन गर्ने, लेखापरीक्षक नियुक्त गर्ने लगायतका अन्य प्रस्तावहरू पनि पारित गरिनेछ। साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ इन्स्योरेन्सले पुस १७ गते एक दिनका लागि बुकक्लोज गर्ने निर्णय गरेको छ। यस अनुसार पुस १६ गतेसम्म नेप्सेमा कारोबार भई कायम रहेका शेयरधनीहरूले साधारण सभामा सहभागिता जनाउन तथा प्रस्तावित लाभांश प्राप्त गर्न सक्नेछन्।

Related News