·

नेपालले आईएमएफमा सेयर हिस्सा ५० प्रतिशत बढाउने

Author

NEPSE TRADING

नेपालले आईएमएफमा सेयर हिस्सा ५० प्रतिशत बढाउने

नेपालले अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) मा आफ्नो सेयर हिस्सा ५० प्रतिशतले बढाउने निर्णय गरेको छ। हाल १५९.९ मिलियन एसडीआर रहेको नेपालको फन्ड कोटालाई २३५.३५ मिलियन एसडीआर बनाउन लागिएको हो। सोमबारको मन्त्रिपरिषदको बैठकले ७८.४५ मिलियन एसडीआर थप गर्ने सहमति दिएको छ। यससँगै नेपालले आईएमएफलाई १० करोड ७३ लाख अमेरिकी डलर (करीब १५ अर्ब रुपैयाँ) दिनेछ। २५ प्रतिशत रकम चालु आर्थिक वर्षको बजेटबाट र बाँकी ७५ प्रतिशत नेपाल राष्ट्र बैंकको प्रमिसरी नोट जारी गरेर भुक्तानी गरिनेछ। यसले नेपालको आईएमएफमा मतदान र ऋणको सीमा बढाउनेछ।

Related News