नेपाल डिपि लिमिटेडको दशौं वार्षिक साधारणसभा असोज २४ गते हुने
Author
NEPSE TRADING

काठमाडौं ।
नेपाल डिपि लिमिटेडले आफ्नो दशौं वार्षिक साधारणसभा (AGM) यही असोज २४ गते (सन् २०२५ अक्टोबर १०, शुक्रबार) आयोजना गर्ने भएको छ। कम्पनीको असोज २ गते बसेको सञ्चालक समितिको बैठकले साधारणसभा बोलाउने निर्णय गरेको हो।
सभा काठमाडौंको भाटभटेनी, नक्सालस्थित कम्पनीको रजिष्टर्ड कार्यालयमा बिहान ११ बजे सुरु हुने छ।
सभामा प्रस्तुत हुने साधारण प्रस्तावहरूमा अध्यक्षको मन्तव्यसहित सञ्चालक समितिको दशौं प्रतिवेदन पारित गर्ने, आषाढ मसान्तसम्मको वित्तीय विवरण (वासलात, नाफा–नोक्सान हिसाब, नगद प्रवाह विवरण) अनुमोदन गर्ने तथा आगामी आर्थिक वर्ष २०८२/८३ का लागि लेखापरीक्षक नियुक्त गर्ने प्रस्ताव रहेका छन्।
विशेष प्रस्तावहरूमा सञ्चालक नियुक्ति, सञ्चालक समितिको बैठक भत्तासम्बन्धी प्रस्ताव र अन्य विविध विषयमाथि छलफल हुने कम्पनीले जनाएको छ।
यससँगै कम्पनीले सम्पूर्ण शेयरधनीहरूलाई AGM मा उपस्थित भई निर्णय प्रक्रियामा सहभागी हुन आह्वान गरेको छ।



