नेपाल इन्स्योरेन्सको हकप्रद बन्द आज: पूँजी २ अर्ब ५४ करोड नाघ्ने
Author
NEPSE TRADING

नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेड (NICL) ले साउन ६ गतेदेखि बिक्री खुला गरेको हकप्रद शेयरमा आवेदन दिन आज (भदौ २ गते) अन्तिम दिन परेको छ। कम्पनीले हाल कायम चुक्ता पूँजीको ३४.७८ प्रतिशत हकप्रद निष्काशनमा ल्याएको हो, जसअनुसार १० कित्ता बराबर ३.४७८३ कित्ता हकप्रद शेयर पाउने व्यवस्था गरिएको छ।
यसअनुसार कम्पनीले ६५ लाख ७६ हजार ९६७.७६ कित्ता हकप्रद शेयर निष्काशन गरेको छ, जसको कुल मूल्य ६५ करोड ७६ लाख रुपैयाँ बराबर पर्छ। हकप्रद प्रयोजनार्थ कम्पनीले जेठ ३० गते बुकक्लोज गरेको थियो। त्यसैले जेठ २९ गतेसम्म कायम शेयरधनीले मात्र आवेदन दिन पाउने व्यवस्था भएको हो।
इन्फोमेरिक्स क्रेडिट रेटिङ नेपालले यस हकप्रदको लागि कम्पनीलाई आईआरएन सिंगल ए माइनस रेटिङ प्रदान गरेको छ, जसले समयमा वित्तीय दायित्व पूरा गर्ने पर्याप्त सुरक्षा रहेको संकेत गर्छ। यस हकप्रदको बिक्री प्रबन्धक एनआईएमबि एस क्यापिटल लिमिटेड रहेको छ। शेयरधनीले उक्त कम्पनीका कार्यालय, आस्वा सदस्य बैंक तथा वित्तीय संस्था वा मेरो शेयर मार्फत अनलाइन आवेदन दिन सक्नेछन्।
हाल कम्पनीको चुक्ता पूँजी १ अर्ब ८९ करोड रुपैयाँ रहेको छ। हकप्रद बाँडफाँटपछि कम्पनीको चुक्ता पूँजी बढेर २ अर्ब ५४ करोड ८५ लाख रुपैयाँ पुग्नेछ, जसले कम्पनीलाई अझ सबल बनाउनेछ।



