·

गभर्नर पौडेललाई नेपाल इन्भेष्टर्स फोरमको तीन बुँदे सुझाव, शेयर कर्जाको सीमा हटाउन माग

Author

NEPSE trading

गभर्नर पौडेललाई नेपाल इन्भेष्टर्स फोरमको तीन बुँदे सुझाव, शेयर कर्जाको सीमा हटाउन माग

नव नियुक्त नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेललाई नेपाल इन्भेष्टर्स फोरमले तीन बुँदे लिखित सुझावसहित भेट गरेको छ। फोरम अध्यक्ष तुलसीराम ढकाल नेतृत्वको टोलीले गभर्नरलाई शुभकामना व्यक्त गर्दै विगतदेखि उठाउँदै आएको पुरानै मागहरू पुनः प्रस्तुत गरेको हो।

फोरमले पहिलो सुझावस्वरूप शेयर धितो कर्जामा तोकिएको १५ करोड रुपैयाँको सीमा हटाउन माग गरेको छ। दोस्रो बुँदामा बैंक तथा वित्तीय संस्थाहरूलाई शेयर खरीद गर्न दिने पुरानो व्यवस्था पुनः लागू गर्नुपर्ने माग गरिएको छ। तेस्रो सुझावस्वरूप लघुवित्त कम्पनीहरूलाई लाभांश वितरणमा लगाइएको १५ प्रतिशतको सीमालाई हटाउन जोडदार आग्रह गरिएको छ।

इन्भेष्टर्स फोरमले हालको लगानी वातावरणलाई सहज बनाउन तथा पूँजी बजारमा पुनः विश्वास जगाउन यी मागहरू आवश्यक भएको बताएको छ। गभर्नर पौडेलसँगको भेटमा सकारात्मक छलफल भएको र फोरमले आगामी दिनमा समेत नीति निर्माण प्रक्रियामा समन्वय गर्दै जाने प्रतिबद्धता व्यक्त गरेको छ।

Related News