नेपाल लाइफको खुद बीमाशुल्क करिब १९% वृद्धि, नाफा ६० करोड रुपैयाँ नाघ्यो
Author
NEPSE TRADING

नेपाल लाइफ इन्स्योरेन्स लिमिटेड (NLIC) ले आर्थिक वर्ष २०८१/८२ को चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। विवरण अनुसार, कम्पनीको खुद बीमाशुल्क अघिल्लो वर्षको तुलनामा १८.८४ प्रतिशतले बढ्दै ४० अर्ब ११ करोड रुपैयाँबाट ४७ अर्ब ६६ करोड रुपैयाँमा पुगेको छ। सोही अवधिमा कुल आम्दानी १५.४३ प्रतिशत वृद्धि भएको छ। बीमाशुल्क र आम्दानीमा वृद्धि संगै खुद नाफा पनि १७ रुपैयाँ ३७ पैसाले बढ्दै ६० करोड ३२ लाख रुपैयाँमा पुगेको छ। प्रतिशेयर आम्दानी (EPS) ४२ पैसाले बढेर ६ रुपैयाँ ६८ पैसा पुगेको छ भने मूल्य आम्दानी अनुपात (P/E ratio) ११५.६८ गुणा रहेको छ। कम्पनीको प्रतिशेयर नेटवर्थ १३६ रुपैयाँ ७५ पैसा रहेको छ। ९ अर्ब २ करोड रुपैयाँ चुक्ता पुँजी रहेको यस इन्स्योरेन्सको महाविपत्ती कोषमा १ अर्ब ३२ करोड रुपैयाँ, रिटेन्ड अर्निङ्गमा १ अर्ब २४ करोड रुपैयाँ र अन्य इक्विटीमा ७५ करोड ४४ लाख रुपैयाँ रहेको छ।