नेपाल माइक्रो इन्स्योरेन्सको दोस्रो वार्षिक साधारणसभा जेठ १६ गते हुने
Author
NEPSE trading

नेपाल माइक्रो इन्स्योरेन्स कम्पनी लिमिटेडले दोस्रो वार्षिक साधारणसभा आगामी जेठ १६ गतेको लागि आह्वान गरेको छ। सभा भरतपुरको गार्डेन रिसोर्टमा विहान ११ बजेदेखि सुरु हुने जानकारी कम्पनीले दिएको छ।
सभा प्रयोजनका लागि जेठ ८ गते बुक क्लोज मिति तोकिएको छ। सो दिनसम्म नेप्सेमा कायम शेयरधनीहरू मात्र सभामा भाग लिन र प्रस्तावित निर्णयमा मत दिन योग्य हुनेछन्।
कम्पनीले साधारणसभामा छलफलका लागि छ वटा प्रस्ताव अगाडि सारेको छ:
१. २०८०/८१ आर्थिक वर्षको वार्षिक प्रतिवेदन अध्यक्षमार्फत प्रस्तुत गरी छलफल र पारित गर्ने।
२. लेखापरीक्षकको प्रतिवेदनसहित बित्तीय विवरण (वासलात, नाफा नोक्सान, नगद प्रवाह विवरण लगायत अनुसूचीहरू) माथि छलफल गरी अनुमोदन गर्ने।
३. कम्पनी ऐन, २०६३ को दफा १११ बमोजिम २०८१/८२ आर्थिक वर्षको लागि बाह्य लेखापरीक्षक नियुक्ति तथा पारिश्रमिक निर्धारण गर्ने।
४. सर्वसाधारण शेयरधनीहरूको तर्फबाट दुई जना सञ्चालकहरूको नियुक्ति (निर्वाचन) गर्ने।
५. सञ्चालकहरूलाई दिइने बैठक भत्ता, भ्रमण भत्ता तथा अन्य सेवा सुविधा सम्बन्धमा छलफल गरी पारित गर्ने।
६. कम्पनीले सामाजिक उत्तरदायित्व अन्तर्गत गरेको खर्च अनुमोदन गर्ने प्रस्ताव पेश गरिने।
कम्पनीले शेयरधनीहरूलाई समयमा सभामा सहभागी भई आफ्नो अधिकार प्रयोग गर्न आग्रह गरेको छ।