·

ब्यालेन्स अफ पेमेन्टमा सशक्त सुधार, आर्थिक स्थायित्वतर्फको संकेत

Author

Nepsetrading

ब्यालेन्स अफ पेमेन्टमा सशक्त सुधार, आर्थिक स्थायित्वतर्फको संकेत

नेपालको चालु खाता अर्थात् ब्यालेन्स अफ पेमेन्ट (BOP) विगत पाँच वर्षको अवधिमा उल्लेखनीय उतारचढावसहित हाल स्थायित्वतर्फ अग्रसर देखिएको छ। आर्थिक वर्ष २०१९/२० मा नेपालको BOP सकारात्मक Rs. २८२.४ अर्बको थियो, जुन कोरोना महामारीको प्रारम्भिक चरणमा रहेको सन्तुलन दर्शाउँछ।

तर, त्यसको भोलिपल्टको वर्ष २०२०/२१ मा यो सरुवातमै झन्डै शून्यमा झर्‍यो, केवल Rs. १.२ अर्बमा सीमित रह्यो। यसले महामारीका कारण देशको विदेशी आम्दानी घटेको, निर्यात र पर्यटन ठप्प भएको र विप्रेषण प्रवाह कमजोर बनेको संकेत गर्थ्यो।

त्यसपछि आर्थिक वर्ष २०२१/२२ मा स्थिति झनै बिग्रियो, जहाँ BOP मा भारी Rs. २५२.४ अर्बको घाटा देखियो। यो विगतका वर्षहरूमा देखिएको सबैभन्दा खराब अवस्था थियो। उच्च आयात, इन्धन मूल्यवृद्धि, र कम विदेशी आम्दानीले गर्दा विदेशी मुद्रा सञ्चिति घटेको थियो।

तर आर्थिक वर्ष २०२२/२३ बाट सुधार देखिन थाल्यो। त्यसवर्ष फेरि BOP पुनः सकारात्मक Rs. २८५.८ अर्बमा पुग्यो। यो सुधारको मुख्य कारण आयात नियन्त्रण, वैदेशिक रोजगार रेमिट्यान्समा वृद्धि, र पर्यटन क्षेत्रको पुनरुत्थान थियो।

आर्थिक वर्ष २०२३/२४ मा यो सुधार चरम अवस्थामा पुग्यो, जहाँ वार्षिक BOP Rs. ५०२.५ अर्ब को सकारात्मक देखियो। यो विगतको इतिहासमै सबैभन्दा बढी हो, जसमा विप्रेषण प्रवाह, व्यापार घाटामा नियन्त्रण र खर्च घटाउने नीतिहरूले योगदान गरे।

तर हालैको २०२४/२५ को मध्य अप्रिलको तथ्याङ्क अनुसार, BOP थोरै घटेर Rs. ३४६.२ अर्ब पुगेको छ। गत वर्षको यही अवधिमा यो रकम Rs. ३६५.२ अर्ब थियो। यसले भविष्यमा आयात बढ्ने सम्भावना र विप्रेषण स्थायीतर्फ जाँदैछ भन्ने संकेत गर्दछ।

समग्रमा, नेपालले विगत केही वर्षमा आफ्नो BOP सुधार्दै आर्थिक स्थायित्व हासिल गर्न थालेको छ। तर, पछिल्लो घट्दो गति सतर्क गराउने संकेत हो, जसले निर्यात वृद्धिमा ध्यान केन्द्रित गर्न र विदेशी आय स्रोतहरू विस्तार गर्न आवश्यक देखिन्छ।

Related News