नेपालका व्यावसायिक बैंकका CEO हरुको करोडौँ तलब!
Author
NEPSE trading

नेपालका व्यावसायिक बैंकहरूका प्रमुख कार्यकारी अधिकृत (CEO) हरुको वार्षिक तलब करोडौँ रुपैयाँमा रहेको तथ्याङ्क सार्वजनिक भएको छ। तलबको आधारमा सबैभन्दा अगाडि स्ट्यान्डर्ड चार्टर्ड बैंक नेपालका CEO गोरखा राणा छन्, जसले वार्षिक ८.५ करोड रुपैयाँ पारिश्रमिक पाउने गरेका छन्।
त्यसैगरी, नेपाल इन्भेस्टमेन्ट मेगा बैंकका CEO ज्योति प्रकाश पाण्डे को तलब ४.१२ करोड, प्रभु बैंकका CEO अशोक शेरचन को तलब ३.९४ करोड, र NIC एशिया बैंकका CEO रोशन कुमार न्यौपाने को तलब २.९८ करोड रुपैयाँ रहेको छ।
यसैक्रममा, NMB बैंकका CEO सुनिल केसी को तलब २.४१ करोड र नेपाल बैंक लिमिटेडका CEO ज्ञानेन्द्र प्रसाद ढुंगाना को तलब २.३६ करोड रुपैयाँ रहेको छ।
यी तलबहरूमा बैंकको मुनाफा, सञ्चालन लागत, र बजार स्थितिको आधारमा भिन्नता हुने भए तापनि सार्वजनिक भएको यो विवरणले बैंकिङ क्षेत्रमा वरिष्ठ व्यवस्थापकहरूको पारिश्रमिक कति प्रतिस्पर्धात्मक रहेको देखाउँछ।