·

आन्दोलनका कारण आज नेप्से बन्द हुने

Author

NEPSE TRADING

आन्दोलनका कारण आज नेप्से बन्द हुने

नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) ले आज (२०७८ भदौ २४ गते) का लागि सबै कारोबार स्थगित गरिएको आधिकारिक रुपमा जनाएको छ। नेपाल सरकार, गृहमन्त्रालय तथा जिल्ला प्रशासन कार्यालय काठमाडौंले बिहान २:३० बजेदेखि लागू हुने गरी उपत्यकाभर कफ्यु आदेश जारी गरेपछि नेप्सेले यस्तो निर्णय गरेको हो।

नेप्सेका अनुसार, कफ्यु आदेशका कारण कर्मचारी, लगानीकर्ता तथा सरोकारवालाहरू कार्यालय उपस्थित हुन नसक्ने भएकाले मूल्यपत्र कारोबार नियमावली, २०५० को दफा २१ (१) बमोजिम कारोबार स्थगित गरिएको हो।

नेप्सेले आज भदौ २४ गतेका लागि निर्धारित सम्पूर्ण कारोबार स्थगित भएको र बजार पुनः कहिले सञ्चालन हुने भन्ने विषयमा थप निर्णय पश्चात जानकारी गराइने जनाएको छ।

Related News