·

उकालो यात्रा बलियो हुँदै : नेप्से २७ सय पार, लगातार पाँच दिनको वृद्धि, प्राविधिक संकेत थप सकारात्मक

Author

NEPSE trading

उकालो यात्रा बलियो हुँदै : नेप्से २७ सय पार, लगातार पाँच दिनको वृद्धि, प्राविधिक संकेत थप सकारात्मक

नेप्से र समग्र बजारको अवस्था
लामो समयदेखि २६ सय अंक वरिपरि समायोजन हुँदै आएको नेप्से परिसूचकले अन्ततः पाँच दिनको लगातार वृद्धिसँगै २७ सयको मनोवैज्ञानिक सीमा पार गरेको छ। वैशाख ७ पछि पहिलोपटक २७ सय विन्दुमाथि पुगेको नेप्सेले बिहीबार ९.१४ अंकले बढ्दै २७०३.९६ विन्दुमा क्लोज गरेको हो।

पछिल्लो पाँच दिनमा बजार १०० अंकभन्दा बढीले बढेको छ— आइतबार २६.५३ अंक, सोमबार ९.१९, मंगलबार २८.९१, बुधबार ३४.४२ र बिहीबार ९.१४ अंकले उकालो लागेको हो। यसले बजारमा करेक्सन अन्त्य भएर लगानीकर्ता मनोबल क्रमशः बढ्दै गएको संकेत दिन थालेको छ।

बैंकिङ प्रणालीमा तरलता प्रशस्त छ, ब्याजदर ऐतिहासिक रूपमा न्यून विन्दुमा छ, जसले पूँजी बजारमा लगानी गर्ने वातावरणलाई अझ सहज बनाएको छ। साथै, नेपाल राष्ट्र बैंकको नीतिगत स्पष्टता र आसन्न मौद्रिक नीतिप्रति लगानीकर्ताको सकारात्मक अपेक्षा बजारको स्थायित्वमा सहयोगी बनेको देखिन्छ।

यही बेला शेयर बजारको परम्परागत ‘सिजन’ पनि सुरु हुँदैछ। असारको उत्तराद्र्धबाट प्रायः बजारमा चहलपहल बढ्ने इतिहाससँग अहिलेको ट्रेन्ड मेल खाएको छ। यद्यपि, लगानीकर्ता अझै पनि आगामी मौद्रिक नीति र चौथो त्रैमासिक वित्तीय विवरणको प्रतीक्षामा छन्, जसले बजारको आगामी दिशा निर्धारण गर्नेछ।

कारोबार र उपसमूह विश्लेषण
सूचक वृद्धि भएपनि बिहीबारको कारोबार रकम अघिल्लो दिनको तुलनामा थोरै घटेको छ— बुधबारको ९ अर्ब ७४ करोडबाट बिहीबार ९ अर्ब ६४ करोड रुपैयाँमा खुम्चिएको हो। यसलाई विश्लेषकहरूले लाभ सुरक्षित गर्ने प्रवृत्तिको संकेत मानेका छन्।

१३ उपसमूहमध्ये ८ उपसमूह हरियालीमा रहे भने ५ उपसमूह रातो क्षेत्रमा बन्द भए।

  • वित्त समूह: ४.०९% ले अगुवा

  • जीवन बीमा: २.२८%

  • निर्जीवन बीमा: २.१७%

  • विकास बैंक, म्युचुअल फन्ड: १% भन्दा बढी

  • व्यापार समूह: -१.२९% ले सबैभन्दा धेरै घट्ने

नेपाल फाइनान्सको शेयर मूल्य सर्किट लेभलमा पुगेको छ, खानीखोला हाइड्रोपावर र समृद्धि फाइनान्सका सेयर ७% भन्दा बढीले बढेका छन्।
विपरीत, सप्तकोशी डेभलपमेन्ट बैंकको सेयर मूल्य १०% ले घट्दै सबैभन्दा कमजोर प्रदर्शन गर्ने स्टक बन्यो।

कारोबार रकमको आधारमा:

  • बुटवल पावर कम्पनी: ३१.६८ करोड

  • साहस उर्जा: २७ करोड+

  • सप्तकोशी डेभलपमेन्ट बैंक: २६ करोड+

प्राविधिक विश्लेषण


पछिल्ला पाँच दिनको निरन्तर उकालोले बजारमा प्राविधिक रूपमा ट्रेन्ड रिवर्सल (Trend Reversal) को स्पष्ट संकेत देखिएको छ।

  • बजारले अब Higher Low (HL)Higher High (HH) संरचना बनाउन थालेको छ, जुन प्राविधिक रूपमा दीर्घकालीन बुल ट्रेन्ड सुरु भएको पुष्टि हो।

  • बजार २०० दिनको मूभिङ एभरेज माथि टिक्न सफल भएको छ, जुन पुरानो बियरिश ट्रेन्डको अन्त्य हो।

  • अहिले २७२० आसपासको पुरानो रेसिस्टेन्स जोनमा बजार प्रवेश गर्दैछ। यदि यो स्तर पार भयो भने अगला लक्ष २७८०–२८०० हुने देखिन्छ।

  • साथै, हाइड्रोपावरको प्रभुत्व घट्दै जाँदा बीमा, माइक्रो, विकास बैंक र इनभेष्टमेन्ट समूहको सक्रियता बढ्दो छ, जसले सेक्टर रोटेशन देखाउँछ।

ब्रोकर विश्लेषण
आजको बजारमा ठूला १० ब्रोकरमध्ये ६ ब्रोकरले बढी बाई गरेका छन् भने ४ ले बढी सेल गरेका छन्।

  • ब्रोकर नं. ५८: कुल कारोबार NPR १.०५ अर्ब (बाई: ५०.९४ करोड | सेल: ५४.४८ करोड | म्याचिङ: ३६ करोड)

  • ब्रोकर नं. ३४: बाई ३६ करोड | सेल ५७ करोड

  • ब्रोकर नं. ४९: बाई ४१ करोड | सेल ३३ करोड

  • ब्रोकर नं. ४२: बाई ३७ करोड | सेल ३२ करोड

ब्रोकर नं. ४९ बाट आज कृषी विकास बैंकको कुल बाईको ४३% हिस्सा अर्थात् ५२ हजार कित्ता सेयर खरिद गरिएको छ, जुन प्रमुख संस्थागत गतिविधिको संकेत हो।
बजार प्राविधिक रूपमा स्पष्ट रूपमा बलियो देखिन थालेको छ। २००MA माथिको टिकाउ क्लोज, सेक्टर रोटेशन, र लगातार बनिरहेका HL/HH संरचनाले अब बजारले नयाँ उचाइ (new highs) बनाउन सक्ने प्रबल संकेत दिएको छ। यद्यपि, आगामी मौद्रिक नीति र Q4 वित्तीय विवरणले बजारलाई अझै गहिरो दिशानिर्देश दिने भएकाले विवेकपूर्ण र तथ्यमा आधारित लगानी निर्णय गर्नु अहिलेको सबभन्दा सही रणनीति हुनेछ।

Related News