नेप्से सूचक ओरालो, बजार अझै ‘हेर्नु र कुर्नु’को अवस्थामा
Author
NEPSE trading

साताको अन्तिम कारोबार दिन नेप्से परिसूचक ४.४५ अंकले घटेर २,५९५.७४ विन्दुमा पुगेको छ। पछिल्ला केही दिनदेखि बजार स्थिर देखिएको छ र सूचक २,६०० को हाराहारीमै घुमिरहेजस्तो छ। आज कूल ७ अर्ब ७८ करोड रुपैयाँभन्दा बढीको कारोबार भएको छ, जुन अघिल्ला दिनको तुलनामा केही बढेको हो। कूल ३०६ कम्पनीको १ करोड ९६ लाख कित्ता शेयर किनबेच भएको देखिन्छ।
बुटवल पावर अग्रणी, हाइड्रोमा लगानीकर्ताको ध्यान
बुटवल पावर कम्पनी सबैभन्दा धेरै कारोबार हुने कम्पनी बन्न सफल भयो, जसको ६२ करोड रुपैयाँभन्दा बढीको सेयर किनबेच भएको हो। दोस्रो र तेस्रो स्थानमा क्रमशः राधी विद्युत कम्पनी र ङादी ग्रुप पावर परेका छन्। हाइड्रोपावर समूहमा मात्र कारोबारको ७० प्रतिशत हिस्सा पुगेको छ, जसले लगानीकर्ताको रुचि पुनः जलविद्युततर्फ गएको देखिन्छ।
आर्थिक वर्षको अन्त्य र मौद्रिक नीति प्रतीक्षाले बजारमा दबाब
असार मसान्तमा पुग्न लागेकाले बैंकको ब्याज भुक्तानीको झन्झट तथा नयाँ मौद्रिक नीति र कम्पनीहरूको वार्षिक आर्थिक नतिजाको पर्खाइले गर्दा लगानीकर्ता सतर्क बनेका छन्। बजारमा अहिले ‘पर्ख र हेर’को मनोवृत्ति स्पष्ट देखिन्छ।
टेक्निकल विश्लेषण: सपोर्ट स्तरमै अडिएको बजार
टेक्निकल हिसाबले बजारमा हालसम्म स्पष्ट ट्रेन्ड देखिएको छैन। पछिल्ला चार दिनका क्यान्डलहरू लगभग एउटै मूल्य क्षेत्रमै क्लोज भएका छन्। आजको क्यान्डल इनभरटेड ह्याम्बर जस्तो देखिए पनि पुष्टि हुन बाँकी छ। इन्ट्राडे चार्ट अनुसार बजारले लगातार सपोर्ट लेबल परीक्षण गरिरहेको छ, तर ब्रेक गर्न सकेको छैन। यसको अर्थ बजारमा केही समर्थन अवश्य छ, तर पुनः उकालो लाग्ने अवस्था भने अहिलेसम्म देखिएको छैन।
ब्रोकर विश्लेषण: ठूला ब्रोकर बाई पक्षमा
आजको बजारमा ठूला १० ब्रोकरमध्ये ७ वटा ब्रोकरले बाई बढी गरेका छन् भने ३ ब्रोकर बिक्री पक्षमा देखिएका छन्। यसले बजारमा ठूला लगानीकर्ताहरू अझै सक्रिय रहेको संकेत गर्छ।
हालको बजारमा प्रस्ट दिशा छैन। आगामी दिनमा सपोर्ट स्तर टुट्छ कि होइन भन्ने कुराले बजारको दिशा निर्धारण गर्नेछ। यसैले लगानीकर्ताले सावधानीपूर्वक बजार अवलोकन गर्नु उपयुक्त हुनेछ।