·
नेप्सेमा अड लट कारोबार देखिने सुविधा सुरु टीएमएसमा भने अझै अद्यावधिक छैन
Author
NEPSE TRADING

सामान्य लगानीकर्ताको मागपछि नेप्सेले २०८२ साउन १ गतेदेखि अड लट शेयरको खरिद–बिक्री आदेश नेप्सेको वेबसाइटको मार्केट डेप्थमा देखिने व्यवस्था सुरु गरेको छ । यसले अड लट सेयर भएकाहरूका लागि जानकारी लिन सजिलो भएको छ। यद्यपि, टीएमएसमा भने यस्ता आदेशहरू अझै देखिँदैनन्।
कारोबार गर्न लगानीकर्ताले वेबसाइटमा मूल्य हेरेर टीएमएसमा गएर आदेश दिनुपर्नेछ । धितोपत्र कारोबार विनियमावली अनुसार अड लट भन्नाले १० कित्ताभन्दा कम (रु १०० अंकित मूल्यमा) कारोबारलाई जनाइन्छ। अड लटको कारोबारले मूल्य परिवर्तन सीमा वा सूचकमा असर पार्दैन भने बोर्ड लटलाई टुक्र्याउन नपाइने व्यवस्था छ ।