नेप्सेमा तेस्रो सर्किटपछि कारोबार बन्द
Author
NEPSE TRADING

काठमाडौं । शेयर बजारमा लगातार गिरावट आएपछि आज (बिहीबार) दिनभरको लागि शेयर कारोबार बन्द भएको छ।
बजार खुलेको २ मिनेटमै नेप्से परिसूचक ४ प्रतिशतले घटेपछि पहिलो सर्किट ब्रेक लागेर २० मिनेटका लागि कारोबार रोकिएको थियो। सोही स्थगनपछि ११ बजेर २२ मिनेटमा बजार खुलेको एक मिनेटमै फेरि १ प्रतिशत घटेपछि दोस्रो सर्किट ब्रेक लागेर ४० मिनेटका लागि कारोबार स्थगित भएको हो।
त्यसपछि १२ बजेर ३ मिनेटमा खुलेको बजार १२ बजेर ६ मिनेटमै फेरि १ प्रतिशत घट्दा तेस्रो सर्किट ब्रेक लागेको छ। नियमअनुसार तेस्रो सर्किट लागेपछि सो दिनको लागि शेयर कारोबार पूर्ण रूपमा बन्द हुन्छ।
यससँगै आज दिनभर लगानीकर्ताले कारोबार गर्ने अवसर गुमाएका छन् भने बजारमा लगातारको गिरावटले साना लगानीकर्ता थप चिन्तित बनेका छन्।