·
बजार खुलेको २ मिनेटमै नेप्सेमा नेगेटिभ सर्किट
Author
NEPSE TRADING

जेनेरेसन–जेड (Gen Z) आन्दोलनपछि देशमा भएको राजनीतिक परिवर्तनको सीधा प्रभाव शेयर बजारमा देखिएको छ। आज बजार खुलेको दुई मिनेटमै नेप्से परिसूचकमा ठूलो गिरावट आएको छ। बजार ४ प्रतिशत अर्थात १0७.०४ अंकले घटेपछि स्वचालित प्रणालीअनुसार कारोबार रोकिएको हो।
यस अप्रत्याशित गिरावटसँगै साना लगानीकर्ताहरू आत्तिएका देखिएका छन्। बजारमा आएको अस्थिरता पछिल्लो राजनीतिक अनिश्चितता र लगानीकर्ताको मनोबलमा परेको नकारात्मक असरको परिणाम भएको विश्लेषकहरूले बताएका छन्।