नेप्सेले सुचना नै जारी गरेर भन्यो : १५ मिनेटको औषत गणना विधि स्थगित
Author
NEPSE TRADING

नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले अन्तिम १५ मिनेटको औषत गणना गर्ने विधिलाई स्थगित गर्ने निर्णय गरेको छ। नेपाल धितोपत्र बोर्डले नेप्सेलाई पत्र पठाएर सो विधि हटाउन निर्देशन दिएपछि नेप्सेले मंगलबारदेखि नै यसलाई स्थगित गर्ने जनाएको हो।
लगानीकर्ताहरूले पछिल्लो समय सो विधि हटाउन निरन्तर माग गर्दै आएका थिए। हिजो (शनिबार) बसेको नेपाल धितोपत्र बोर्डको बैठकले विधि स्थगित गर्ने औपचारिक निर्णय गरेको थियो।
नेप्सेले जारी गरेको सूचनामा भनिएको छ, “नेपाल धितोपत्र बोर्डको असोज ४ गतेको पत्रानुसार धितोपत्र कारोबार सञ्चालन विनियमावली (चौथो संशोधन) २०८१ को विनियम ११ उपविनियम (७) मा उल्लेखित अन्तिम १५ मिनेटको भारित औसत मूल्यलाई अन्तिम कारोबार मूल्य मान्ने प्रावधान स्थगन गरिएको छ। अबदेखि अन्तिम कारोबार मूल्यकै आधारमा सूचकांक गणना गरिनेछ।”
नयाँ व्यवस्थाको आज प्राविधिक परीक्षण गरिएको र भोलि असोज ६ गते सार्वजनिक बिदा परेको हुँदा सोको कार्यान्वयन असोज ७ गतेदेखि हुने नेप्सेले स्पष्ट पारेको छ।