·

नेप्सेले नक्कली जानकारीबारे सचेत गर्‍यो

Author

NEPSE TRADING

नेप्सेले नक्कली जानकारीबारे सचेत गर्‍यो

नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) ले पछिल्ला दिनहरूमा सामाजिक सञ्जालमार्फत शेयर बजारसम्बन्धी भ्रामक तथा अप्रमाणित सामग्री, स्टक टिप, शेयर सिफारिस र नक्कली विज्ञापनहरू देखिन थालेको भन्दै लगानीकर्तालाई सचेत गराएको छ।

नेप्सेले जारी गरेको प्रेस विज्ञप्तिमा भनिएको छ, "यस्ता गतिविधिहरूले लगानीकर्ताको मनोबलमा प्रतिकूल असर पारिरहेको छ, त्यसैले कुनै पनि किसिमको शेयर खरिद–बिक्री सम्बन्धी निर्णय गर्दा आधिकारिक स्रोत बाहेक अरुमा भर नपर्न सबैलाई आग्रह गरिएको छ।"

विज्ञप्तिमा नेप्सेले आफ्नो नाम, लोगो, ब्रान्ड, वेबसाइट वा सामाजिक सञ्जालको दुरुपयोग गरेर नक्कली वेबसाइट, पेज, वा च्याट–गुप बनाउने काम कानूनी अपराध हुने चेतावनी दिएको छ। साथै, अफवाह, उत्साह, अनौपचारिक च्याट–गुप वा म्यासेन्जरमार्फत कारोबार नगर्न पनि अनुरोध गरिएको छ।

नेप्सेले आफ्नो नाममा पेज वा समूह बनाएर व्यक्तिहरूलाई प्रलोभनमा पार्ने, व्यक्तिगत विवरण लिन खोज्ने वा शेयर किनबेचमा प्रेरित गर्ने गतिविधि पूर्णतः अवैध रहेको स्पष्ट गरेको छ।

लगानीकर्तालाई आधिकारिक जानकारीका लागि नेप्सेको वेबसाइट, सामाजिक सञ्जालमा मात्र भर पर्न आग्रह गरिएको छ। कुनै शंका वा भ्रामक सामग्री भेटिएमा info@nepalstock.com मा सम्पर्क गर्न पनि नेप्सेले आग्रह गरेको छ।

Related News